You are viewing the translated version of अभिमुखीकरण कार्यक्रम वा तालिम.

Rule 12
अभिमुखीकरण कार्यक्रम वा तालिम
(१) नियम ११ को उपनियम (२) बमोजिम इजाजतपत्रका लागि निवेदन दिने व्यक्ति, संस्था वा निकायलाई (इजाजतपत्र प्रदान गर्नुअघि केन्द्रले देहायका विषयमा अभिमुखीकरण कार्यक्रम वा तालिमको सञ्चालन गरी जीवनाशक विषादी सम्बन्धी प्राविधिक जानकारी दिनु पर्नेछ:-

(क) ८ जीवनाशक विषादीको सुरक्षित प्रयोग र सुरक्षात्मक उपाय,

(ख) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण र बिक्री वितरण गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षात्मक उपाय,

(ग) ऐन तथा यस नियमावली र ऐन बमोजिम जारी भएका निर्देशिका, कार्यविधि तथा मापदण्डको व्यवस्था र तिनको पालनाको विषय,

(घ) म्याद नाघेका, प्रतिबन्धित र प्रयोग गर्न अयोग्य जीवनाशक विषादीको व्यवस्थापन गर्ने तरिका र: ध्यान दिनु पर्ने विषय,

(ङ) जीवनाशक विषादीको - प्रकार तथा त्यसको सङ्ेतको विषय,

(च) जीवनाशक विषादीका विकल्पहरू, घरेलु बिषादी, /वनस्पतिजन्य र जैविक विषादीको प्रयोगको महत्व तथा प्रोत्साहनका_ विषय,

(छ) जीवनाशक विषादी दुरुपयोग हुने अवस्था, त्यसको रोकथाम तथा जीवनाशक विषादीको प्रयोग पश्चात पर्खनु पर्ने न्यूनतम समय अवधि,

(ज) जीवनाशक विषादीजन्य दुर्घटनाबाट बच्ने उपायहरू, जीवनाशक बिषादीजन्य विष लागेको लक्षण र त्यसको प्राथमिक उपचार,

(झ) जीवनाशक विषादीको कारोबार सम्बन्धी अभिलेख राख्ने तरिका ।

(२) उपनियम (१) बमोजिमको प्राविधिक जानकारीको अतिरिक्त केन्द्रले जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण र बिक्री वितरणमा संलग्न व्यक्तिलाई आवश्यक तालिम प्रदान गर्न वा गराउन सक्नेछ।

(३) उपनियम (२) बमोजिमको तालिमको विषयवस्तु वा पाख्यक्रम केन्द्रले निर्धारण गरे बमोजिम हुनेछ ।